कर्णालीमा जीवनोपयोगी शिक्षा कार्यक्रम प्रभावकारी
काठमाडौं । कर्णाली प्रदेश सरकारले ‘पाइलट प्रोजेक्ट’ का रूपमा शुरु गरेको जीवनोपयोगी शिक्षा कार्यक्रम प्रभावकारी भएको छ ।
सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘एक दिन किताबविहीन शिक्षा’ विद्यार्थीलाई दिने योजना ल्याएको थियो । सोही योजनाअनुसार सुर्खेतका नौ वटा विद्यालयमा जीवनोपयोगी शिक्षा कार्यक्रम लागू गरिएको हो ।
विद्यालयमा साताको एक दिन विभिन्न सीपयुक्त ज्ञान विद्यार्थीलाई दिने गरिएको छ । जसबाट विद्यार्थीमा व्यावहारिक ज्ञानको विकास भएको कर्णाली प्रदेश सरकारले जनाएको छ । परीक्षणका रूपमा सुर्खेतको वीरेन्द्रनगरका अमरज्योति मावि, जन मावि, भैरव मावि र जनसेवा मावि घुस्रामा एक दिन किताबविहीन शिक्षाको सुरुआत गरिएको छ ।
भेरीगङ्गा नगरपालिकाको शारदा मावि, लेकबेंसी नगरपालिका जीवनज्योति मावि दशरथपुर, पञ्चपुरी नगरपालिका विद्याज्योति मावि र बराहाताल गाउँपालिकाको जनज्योति माविमा पनि जीवनोपयोगी शिक्षाको सुरुआत गरिएको कर्णाली प्रदेश सरकार, शिक्षा विकास निर्देशनालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस्