द इन्साइट भिजन स्कूल/कलेजमा नवप्रवेशी विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न
द इन्साइट भिजन स्कूल/कलेजमा नवप्रवेशी विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न
काठमाडौं, असार ४। धुम्बाराहीस्थित द इन्साइट भिजन School/College ले शैक्षिक सत्र २०८३ मा भर्ना भएका नवप्रवेशी विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
“Freshers’ Orientation Program 2083” नाम दिइएको कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी तथा कलेज व्यवस्थापनको सहभागिता रहेको थियो। कार्यक्रमको उद्घाटन कलेजका पदाधिकारीहरूले संयुक्त रूपमा दीप प्रज्वलन गरेर गरेका थिए।
अभिमुखीकरण कार्यक्रममा नवप्रवेशी विद्यार्थीहरूलाई कलेजको शैक्षिक प्रणाली, अनुशासन, विद्यार्थी सेवा, सह–पाठ्यक्रम गतिविधि तथा अध्ययनपछिका सम्भावित अवसरबारे जानकारी दिइएको कलेजले जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका प्राचार्य भिम श्रेष्ठ ले शिक्षा व्यक्तिको जीवन परिवर्तन गर्ने प्रभावकारी माध्यम भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई अनुशासित, जिम्मेवार र लक्ष्यप्रति केन्द्रित भएर अध्ययन गर्न आग्रह गरे। उनले कलेजले गुणस्तरीय शिक्षासँगै नैतिक मूल्य, नेतृत्व क्षमता र व्यक्तित्व विकासलाई प्राथमिकतामा राखेर शिक्षण गर्दै आएको बताए।

कलेजका प्रबन्ध निर्देशक हेमन्त श्रेष्ठ ले प्रत्येक विद्यार्थीको क्षमता र रुचिअनुसार उत्कृष्टता हासिल गर्न सक्ने वातावरण निर्माण गर्नु कलेजको उद्देश्य रहेको बताए। उनले शैक्षिक उपलब्धिसँगै सामाजिक उत्तरदायित्व, व्यावहारिक सीप तथा जीवनोपयोगी शिक्षालाई पनि संस्थाले प्राथमिकता दिएको उल्लेख गर्दै नवप्रवेशी विद्यार्थीहरूको सफल शैक्षिक यात्राको शुभकामना व्यक्त गरे।

कार्यक्रममा शैक्षिक संयोजक अन्जेश योञ्जन ले +२ तहमा विज्ञान, व्यवस्थापन र मानविकी तथा स्नातक तहमा BBS, BSW र BCA कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए। विद्यार्थीहरूको रुचि, क्षमता र बदलिँदो रोजगार बजारको आवश्यकतालाई ध्यानमा राखेर आधुनिक र व्यावहारिक शिक्षामा कलेजले जोड दिएको उनको भनाइ थियो।

उनले विद्यार्थीहरूलाई शैक्षिक उपलब्धिसँगै अनुसन्धान, नवप्रवर्तन, नेतृत्व विकास तथा अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता जनाउन आग्रह गर्दै अनुभवी शिक्षक, आधुनिक शिक्षण प्रणाली र विद्यार्थीमैत्री वातावरण कलेजको विशेषता रहेको बताए।
कार्यक्रमका क्रममा विद्यार्थीहरूले कलेजका शैक्षिक तथा भौतिक पूर्वाधार, उपलब्ध सुविधा र भावी अवसरबारे जानकारी लिनुका साथै शिक्षक तथा व्यवस्थापनसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर पाएका थिए। यसले नयाँ शैक्षिक वातावरणसँग सहज रूपमा घुलमिल हुन सहयोग पुगेको सहभागीहरूको भनाइ थियो।
“Your Journey Starts Here” भन्ने मूल नारासहित सम्पन्न कार्यक्रमले नवप्रवेशी विद्यार्थीहरूमा आत्मविश्वास, प्रेरणा र सकारात्मक सोच विकास गर्ने उद्देश्य पूरा गरेको कलेज प्रशासनले जनाएको छ। आगामी दिनमा पनि विद्यार्थी केन्द्रित यस्ता अभिमुखीकरण तथा क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइने कलेजले जनाएको छ।


प्रतिकृया दिनुहोस्