गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा प्राधिकरणद्वारा खण्डन

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा प्राधिकरणद्वारा खण्डन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बारे हाल मिडियामा चर्चामा रहको बढी जग्गा अधिग्रहण गरेको भन्ने विषयको खण्डन गरेको छ ।

प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय विमानस्थलको मापदण्ड अनुसार नै जग्गा अधिग्रहण गरिएको र विमानस्थलका पुरै संरचना निर्माण गर्दा हाल खाली रहेका जग्गाको सदुपयोग हुने दाबि गरेको छ ।

प्राधिकरणले हाल खाली रहेको जग्गामा भैसी चरिरहेको र खोला रहेको भन्दै अतिरन्जित गरेर प्रचार गरिएको भन्दै खण्डन गरेको छ । प्राधिकरणले अहिलेसम्म ४५३ बिगाह जग्गा अधिग्रहण गरेको र अर्को ४७ बिगा प्रति जमिन गरि करिब ५०० बिगा जमिन अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रयोग गरिएको जनाएको छ ।

प्राधिकरणको विज्ञप्तिः

लोकप्रिय