संक्रमणकालीन न्यायसम्बन्धी दुबै आयोगमा पदाधिकारी नियुक्त
काठमाडौं । सरकारले संक्रमणकालीन न्यायसम्बन्धी दुबै आयोगमा पदाधिकारी नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्को बुधबार राति बसेको बैठकले सत्यनिरूपण तथा मेलमिलाप आयोग तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्त गरेको हो ।सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार सत्यनिरूपण तथा मेलमिलाप आयोगमा महेश थापाको अध्यक्षतामा अच्युतप्रसाद भण्डारी, टीकाप्रसाद ढकाल, पदमबहादुर शाही, कुमारी कौशल्या ओझा सदस्य नियुक्त गरिएको छ ।
त्यसैगरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा लिलादेवी गर्तौलाको अध्यक्षतामा गोपालनाथ योगी, अग्निप्रसाद थपलिया, सिर्जना पोखरेल, बिनिता नेपाली सदस्य नियुक्त गरिएको छ । त्यस्तै मन्त्रिपरिषदको बैठकले गभर्नर नियुक्तिका लागि सिफारिस गर्न गठित समिति पनि पुनःगठन गरेको छ । समितिमा पूर्वगभर्नरबाट महाप्रसाद अधिकारी र विज्ञ सदस्यमा अर्थविद् पोषराज पाण्डेलाई नियुक्त गरिएको प्रवक्ता गुरुङले जानकारी दिएका छन् ।


प्रतिकृया दिनुहोस्