प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयले बैठक बिहान ११ बजेदेखि शुरु हुने जानकारी दिएको छ ।
आजको बैठकमा पर्यटनमन्त्री बद्री पाण्डेयले हवाई सेवा प्राधिकरण सम्बन्धि विधेयक २०८१ र नेपाल नागरिक उडड्यन प्राधिकरण विधेयक २०८१ छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै आज राष्ट्रिय सभामा उत्पति भएको शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित गर्ने कार्यसूची रहेको छ ।


प्रतिकृया दिनुहोस्