म्यानचेस्टर सिटीलाई हराउँदै क्रिस्टल प्यालेसले जित्यो एफए कपको उपाधि
काठमाडौं । क्रिस्टल प्यालेसले म्यानचेस्टर सिटीलाई पराजित गर्दै एफए कपको उपाधि जितेको छ ।
गएराती सम्पन्न फाइनल खेलमा क्रिस्टल प्यालेसले म्यानचेस्टर सिटीलाई १–० गोल अन्तरले पराजित गरेको हो । क्रिस्टल प्यालेसको जितमा खेलको १६औं मिनेटमा एबेरेची एजेले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।
यस खेलमा खेलको ३६औं मिनेटमा म्यानचेस्टर सिटीले पाएको पेनाल्टी क्रिस्टल प्यालेसका गोल किपरले बचाएका थिए । योसँगै क्रिस्टल प्यालेसले क्लबको इतिहासमा पहिलो पटक एफए कपको उपाधि जितेको छ ।
यस अघि क्रिस्टल प्यालेस २०१६ मा एफए कपको फाइनलमा पुगेको थियो । त्यस्तै एफए कप सबै भन्दा धेरै पटक जित्ने रेकर्ड भने आर्सनलको नाममा रहेको छ । आर्सनलले अहिलेसम्म १४ पटक यो उपाधि जितेको छ भने म्यानचेस्टर युनाइटेडले १३ पटक यो उपाधि जितेको छ ।


प्रतिकृया दिनुहोस्