आफ्नो अन्तिम खेलमा राजस्थानको सान्त्वना जित

आफ्नो अन्तिम खेलमा राजस्थानको सान्त्वना जित

काठमाडौं । राजस्थान रोयल्सले सान्त्वना जित हासिल गरेको छ ।

जारी आइपिएलको आफ्नो अन्तिम खेलमा राजस्थानले चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको हो । चेन्नईले दिएको १८८ रनको लक्ष्य पछाएको राजस्थानले १७.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

राजस्थानका लागि वैभव सुर्यवंशीले सर्बाधिक ५७ रन बनाए भने कप्तान संजु सामसनले ४१, यशस्वी जैसवालले ३६ र ध्रुव जुरेलले ३१ रन बनाएका थिए । यस अघि पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा ८ विकेट गुमाउदै १८७ रन बनाएको थियो । चेन्नईका लागि आयुस महात्रेले ४३, डेवाल्ड ब्रेभिसले ४२, शिभम दुवेले ३९ रन बनाएका थिए ।

यो जितपछि राजस्थानको १४ खेलमा ८ अंक भएको छ र नवौ स्थानमा रहदै सिजन समाप्त गरेको छ । त्यस्तै चेन्नईको १३ खेलमा ६ अंक हासिल गरेको छ र पुछारमा रहेको छ ।

लोकप्रिय