वेस्टइण्डिजविरुद्ध आयरल्याण्डको फराकिलो जित

वेस्टइण्डिजविरुद्ध आयरल्याण्डको फराकिलो जित

काठमाडौं । आयरल्याण्डले वेस्टइण्डिजविरुद्ध फराकिलो जित हासिल गरेको छ ।

जारी एकदिवसीय सिरिजको पहिलो खेलमा आयरल्याण्डले वेस्टइण्डिजलाई १२४ रन अन्तरले पराजित गरेको हो । आयरल्याण्डले दिएको ३०४ रनको लक्ष्य पछाएको वेस्ट इण्डिजले ३४.१ ओभरमा अल आउट हुँदै १७९ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि रोस्टन चेजले सर्बाधिक ५५ रन बनाएका थिए भने माथ्यु मोतीले ३८ र जस्टिन ग्रीभ्सले ३५ रन बनाएका थिए ।

यस अघि पहिला ब्याटिंग गरेको आयरल्याण्डले ५० ओभरमा ६ विकेट गुमाउदै ३०३ रन बनाएको थियो । आयरल्याण्डका लागि एन्डी बलबिर्नीले ११२ रनको शतकीय पारी खेलेका थिए । ह्यारी टेक्टरले ५६ रन बनाए भने कप्तान पाउल स्टिरलिंगले ५४ रन बनाएका थिए । आयरल्याण्डको यो जितपछि ३ खेलको सिरिजमा १–० को अग्रता हसिल गरेको छ । अब सिरिजको दोस्रो खेल शुक्रबार हुने छ ।

 

लोकप्रिय