बंगालदेशविरुद्ध युएईको लगातार दोस्रो जित
काठमाडौं । युएईले बंगालदेशविरुद्धको टी–२० सिरिज जितेको छ ।
गएराती सम्पन्न सिरिजको तेस्रो खेलमा ७ विकेटको जित हासिल गर्दै सिरिज २–१ ले जितेको हो । बंगलादेशले दिएको १६३ रनको लक्ष्य पछाएको युएईले १९.१ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।
युएईको जितमा आलिशान शाराफुले अविजित ६८ रन बनाए भने असिफ खानले ४१ र मुहमद जोहैबले २९ रन बनाएका थिए । यस अघि पहिला ब्याटिंग गरेको बंगलादेशले २० ओभरमा ९ विकेट गुमाउदै १६२ रन बनाएको थियो । बंगलादेशका लागि जाकर अलीले ४१, तानजिद हसनले ४० र हसन महमुदले अविजित २६ रन बनाएका थिए ।


प्रतिकृया दिनुहोस्