स्वास्थ्य स्वयंसेविकालाई १० दिने आधारभूत तालिम

स्वास्थ्य स्वयंसेविकालाई १० दिने आधारभूत तालिम

स्याङ्जा । राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई १० दिने आधारभूत तालिम स्याङ्जाको फेदीखोला गाउँपालिकामा सम्पन्न भएको छ । गएको बैशाख ३० गतेबाट सुरु भएको तालिम बिहीबार (आज) एक कार्यक्रमका बिच सम्पन्न भएको हाे ।

प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाको आयोजना,फेदीखोला गाउँपालिका,आँधीखोला गाउँपालिका,पुतलीबजार नगरपालिकाको समन्वय तथा सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीको अध्यक्षतामा सञ्चालित समापन कार्यक्रममा, उपाध्यक्ष देऊ कुमारी गुरुङ्ग ,प्रदेश जनस्वास्थ्य कार्यालय परिवार नियोजन सुपरभाइजर अधिकृत मित्र प्रसाद अर्याल, आँधीखोला गाउँपालिका स्वास्थ्य संयोजक निराजन लामिछाने, फेदीखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख खिल प्रसाद पौडेलको विशेष उपस्थिति रहेको थियो ।

यस्तै फेदीखोला सामाजिक विकास शाखा प्रमुख शान्ति कुमारी पराजुली, वडा सदस्य तथा न्यायिक समिति सदस्य आंशु वि.क, कुल बहादुर रानाभाट, आँधीखोला र पुतलीबजार तीन ओटै स्थानिय तहबाट स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा १० दिन सम्म प्रशिक्षित स्वंयमसेवीहरुलाई प्रमाण पत्र र आवश्यक स्वास्थ्य सामग्री वितरण गरिएको थियो ।
स्वयंमसेवीहरुले फेदीखोला १० दिन सम्म सौहार्द वातावरणमा बसेर तालिम लिन पाएको र आफूले सिकेको ज्ञान जनतामा लगेर सेवा प्रवाह गर्ने प्रतिबद्दता ब्यक्त गरेका छन् ।

लोकप्रिय