कर्मचारीमाथि अनुसन्धान सुरु हुँदा मन्त्रीले राजीनामा दिनुपर्ने होःरमेश लेखकको प्रश्न
काठमाडौं। गृहमन्त्री रमेश लेखकले संवैधानिक निकायबाट कुनै पनि बेला कुनै पनि कर्मचारीमाथि अनुसन्धान हुनसक्ने बताएका छन् ।
शनिबार काठमाडौं सञ्चारकर्मीहरुसित संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री लेखकले गृहमन्त्रीमा हजारौमा नभएर लाखौका कर्मचारी रहेको बताए ।
उनले भने,‘गृह मन्त्रालय यत्रो ठुलो मन्त्रालय छ । यसमा हजारमा होइन, लाखमा कर्मचारी छन् । लाखौंलाख कर्मचारीमा संवैधानिक निकाय यसमा अनुसन्धान गर्न सक्ष्मय निकायले कुनैबेला बेला कुनैपनि कर्मचारीमाथि अनुसन्धान गर्न सक्छ । कुनैपनि कर्मचारीमाथि अनुसन्धान सुरु हुँदा सबै मन्त्रीहरुले राजीनामा दिँदै जाने होः? के त्यही पद्धती बसाउने हो ? त्यो सम्भव छ? । आजसम्म त्यस्तो भाको छ ? त्यसकारण मैले भनिसके मेरा विरुद्ध राजनीतिक रुपले नियोजित रुपले षडयन्त्रमुलक ढंगले झुटाप्रचारबाजी भइरहेको छ ।’ मन्त्री लेखकले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै होइन नभई आफ्नो राजनीतिक र सार्वजनिक जीवनमा आर्थिक अनियमितता गरेको विषय प्रमाणित भए आफू पदबाट मात्र नभई राजनीतिबाट राजीनामा दिने बताए ।
उनले ‘त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै होइन, यदि मेरो सार्वजनिक र राजनीतिक जीवनमा यदि एउटा मात्रै पनि मैले आर्थिक अनियमितता गरेको प्रमाणित कसैले ग¥यो भने प्रमाणित भयो भने म पदबाट होइन राजनीतिबाट राजीनामाम दिन्छु । म सबैलाई आग्रह गर्दछु मेरा विरुद्ध नियोजित र सडयन्त्रमुलक ढंगबाट झुटा प्रचारबाजी भइरहेको छ ।’, उनले सो विषयमा विस्तृत धारणा राख्न आगामी जेठ १३ गतेको प्रतिनिधिसभा बैठकमा समय माग गरेको जानकारी दिए ।


प्रतिकृया दिनुहोस्