प्रतिनिधिसभाका दुई संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज प्रतिनिधिसभाका दुई संसदीय समितिको बैठक बस्दैछ ।
आज अर्थ समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उद्योग हित समितिको बैठक बस्दैछ । आज बिहान १२ बजेबस्ने अर्थ समितिको बैठकमा बैङक तथा बित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा सरोकारवाला र विज्ञसँग छलफल हुने कार्यसूची रहेको छ ।
त्यस्तै आज बिहान ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा निकासी पैठारी (नियमन) विधेयक, २०८१ माथि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल हुने कार्यसूची रहेको छ ।


प्रतिकृया दिनुहोस्