गण्डकीमा प्रत्यक्ष र समानुपातिक सांसदमा विभेद नगर्न चेतावनी

गण्डकीमा प्रत्यक्ष र समानुपातिक सांसदमा विभेद नगर्न चेतावनी

काठमाडौं । गण्डकी प्रदेश सभाको सोमबारको बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रदेश सभाको शून्य समयमा उनीहरूले बजेट निर्माण, विकास योजना, पूर्वाधार र सामाजिक समावेशीताजस्ता विषयमा आ–आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

माओवादी केन्द्रकी दमयन्ती रुचालले बजेट निर्माणसँगै प्रत्यक्ष र समानुपातिक सांसदलाई विभेद हुने गरेको भन्दै समान बजेट उपलब्ध गराउन माग गरिन् । यस्तो विभेदले गणतन्त्रमा पनि राजतन्त्रको झल्को दिने उनको भनाइ थियो । विभेदका विरुद्ध लामो समयदेखि संघर्ष गरे पनि अझै कायम रहेको रुचालले बताइन् । बजेट विनियोजनमा विभेद कायमै रहे अदालत जाने उनको चेतावनी छ ।

नेपाली कांग्रेसकी सांसद सुनीता थापाले गण्डकी प्रदेशलाई अपार प्राकृतिक स्रोत, समृद्ध सांस्कृतिक विविधता र पर्यटन क्षमताले भरिएको प्रदेश भएको बताउँदै यसको विकासका लागि योजनाबद्धता, प्राथमिकता निर्धारण र नतिजामूलक कार्यान्वयनका लागि स्पष्ट मार्गचित्र आवश्यक भएको औँल्याइन् ।

लोकप्रिय