मदिरा र सुर्तीजन्य वस्तुको करका दरमा धेरै हेरफेर
काठमाडौं । सरकारले आर्थिक विधेयक २०८२ मार्फत विभिन्न वस्तुहरूको करका दरसम्बन्धी विद्यमान व्यवस्थामा हेरफेर गरेको छ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्दै विभिन्न शीर्षकका राजस्वका दरसम्बन्धी व्यवस्थामा संशोधन गरिएको बताएका हुन्। मदिरा, वियर, सुर्ती र चुरोटको आयातमा लाग्दै आएको भन्सार महसुल दरमा वृद्धि भएको छ भने विद्यमान अन्तःशुल्क दरमा पनि वृद्धि भएको छ। स्वास्थ्य जोखिम करको दायरा विस्तार गरिएको छ।
सुर्तीजन्य पदार्थको अन्तःशुल्क बढाइएको छ। फिल्टर नभएको चुरोट तथा सिगारको अन्तःशुल्क प्रतिएम सात सय ५५ रहेकामा त्यसलाई बढाएर सात सय ७८ बनाइएको छ। फिल्टर भएको ७० मिलीमिटरसम्म लम्बाइको चुरोटको प्रतिएम अन्तःशुल्क एक हजार ७४० रहेकामा त्यसलाई बढाएर रु एक हजार ७९२ बनाइएको छ। त्यस्तै, ७० भन्दा बढी र ७५ मिलीमिटरभन्दा कम लम्बाइको चुरोटको प्रतिएम रु दुई हजार ३७० बाट दुई हजार ४४१ पुर्याइएको छ।


प्रतिकृया दिनुहोस्