यस्तो छ आजको मौसम पूर्वानुमान, यी प्रदेशमा वर्षाको सम्भावना

यस्तो छ आजको मौसम पूर्वानुमान, यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेश ,गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहनेछ ।

त्यस्तै कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागका थोरै स्थानहरु र बाँकी भू–भागका एक(दुई स्थानमा मेघगर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। देशको उच्च–पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ ।

आज दिउसो कोशी प्रदेश, मधेश प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ। कोशी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र गण्डकी प्रदेशको एकरदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा र बाँकी उच्च–पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । साथै बंगालको खाडी बाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।

 

लोकप्रिय