यस्तो छ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।
कोशी प्रदेश र मधेश प्रदेशको केही स्थानहरू तथा बाँकी पहाडी भू–भागका थोरै स्थानहरू र बाँकी भू–भागका एक÷दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशको एक÷दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । कोशी प्रदेशको उच्च(पहाडी तथा हिमाली भू–भागका थोरै तथा बाँकी उच्च/पहाडी तथा हिमाली भू–भागका एक(दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ ।
आज दिउसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च/पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
हाल देशको पश्चिम र मध्य भु-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ।


प्रतिकृया दिनुहोस्