यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिक देखि साधारणतया बदली रहनेछ ।

कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च(पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च/पहाडी तथा हिमाली भू-भागका एक(दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ।

त्यस्तै आज दिउसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च/पहाडी तथा हिमाली भू(भागका ‍ थोरै स्थानहरूमा तथा बाँकी उच्च/पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ।

 

लोकप्रिय