अमेरिकामा आप्रवासीको प्रदर्शनमा ट्रम्पको क्रुर हस्तक्षेप

अमेरिकामा आप्रवासीको प्रदर्शनमा ट्रम्पको क्रुर हस्तक्षेप

काठमाडौं । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा गार्डको प्रयोग गरे पनि लस एन्जलसमा आप्रवासीको प्रदर्शन रोकिएको छैन।

आप्रवासी धरपकडको विरुद्धमा लस एन्जलसमा शुक्रबार सुरु भएको प्रदर्शन आइतबार पनि जारी छ। सुरक्षाकर्मीले अश्रुग्याँस प्रयोग गरिरहेका दृश्य सार्वजनिक भइरहेका छन्।

डेमोक्र्याट गर्भनरले भने कसैसँग सल्लाह नगरी राष्ट्रिय सुरक्षा गार्डको प्रयोग गरेको भन्दै राष्ट्रपति ट्रम्पको विरोध गरेका छन्। उनीहरूको संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै राष्ट्रिय सुरक्षा गार्ड राज्य स्तरमा रहने भए पनि ट्रम्पले शक्तिको दुरुपयोग गदै यसलाई आफैं प्रयोग गरेको आरोप लगाएका हुन्।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा हिंसात्मक विद्रोही भीडले अवैध आप्रवासी डिपोर्टको अभियानलाई बिथोल्न खोजेको बताएका छन्।

लोकप्रिय