गाजामा सहायता वितरण केन्द्र नजिकै चार जनाको मृत्यु

गाजामा सहायता वितरण केन्द्र नजिकै चार जनाको मृत्यु

काठमाडौं । गाजाका स्वास्थ्यकर्मीहरूले इजरायली आक्रमणमा कम्तिमा चार प्यालेस्टिनीहरू मारिएको बताएका छन् ।

स्वास्थ्यकर्मीहरूले राहत वितरण केन्द्रतर्फ जाँदै गर्दा इजरायली गोलीबारीमा यी मृत्यु भएको बताएका छन् । इजरायल रक्षा बलले सैनिकहरूले एउटा समूहतर्फ चेतावनीपूर्ण गोली चलाएको बताएको छ । यो समूह आफुतिर अगाडी बढिरहे पछि गोली चलाएको बताएको छ । यसअघि सैनिकहरूले उनीहरूलाई मौखिक रूपमा पनि चेतावनी दिएका थिए ।

यो घटना गाजा मानवीय फाउन्डेसनद्वारा स्थापित सहायता वितरण केन्द्र नजिकै भएको थियो । गाजा मानवीय फाउन्डेसनलाई इजरायल र अमेरिकाले समर्थन गरेको छ ।

इजरायली सुरक्षा बलले मानिसहरू घाइते भएको भनिएका रिपोर्टहरू बारे आफुहरु सचेत रहेको बताएको छ ।

 

लोकप्रिय