आज दुई संसदीय समितिको बैठक बस्दै

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई संसदीय समितिको बैठक बस्दैछ ।

आज प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति र राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

बिहान ११ बजे बस्ने समितिको सभाकक्ष, सिंहदरबारमा बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयकमा छलफल हुने कार्यसूची रहेको छ । त्यस्तै अपराहन्न १ बजे बस्ने समितिको बैठक कक्ष, सिंहदरवारमा बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूची रहेको छ ।

लोकप्रिय