राष्ट्रियसभाका दुई समितिको बैठक बस्दै
काठमाडौं । आज राष्ट्रियसभाका दुई समितिको बैठक बस्दैछ ।
आज विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।
अपराहन्न १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफलको कार्यसूची रहेको छ ।
बिहान साढे ११ बजेदेखि हुने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको अनुगमन कार्यक्रम सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।


प्रतिकृया दिनुहोस्