प्रतिनिधि सभाको बैठकमा आजपनि सहमतिको प्रयास जारी

प्रतिनिधि सभाको बैठकमा आजपनि सहमतिको प्रयास जारी

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक आज अपराहन्न ३ बजेदेखि बैठक बस्दैछ ।

भिजिट भिसा प्रकरणमा दलहरुबीच सहमति नभएकाले आजको बैठक बस्ने बारे अन्योलता कायम रहेको छ । सहमति नजिक पुगेको भनिएपनि रास्वपाले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको आफ्नो अडानबाट पछि नहटेकाले संसदको अवरोध कायम रहने देखिएको छ । यद्यपी दलहरुले छलफलका लागि समय मागेकाले सभामुखले मंगलबार बैठक नराखेर बुधबारसम्म सारेका थिए । तर अहिलेसम्म ठोस छलफल र सहमति नभएकोले आजको बैठक अघि छलफल हुनसक्ने बताइएको छ ।

लोकप्रिय