कैलाली कारागारमा युवकको मृत्यु

कैलाली कारागारमा युवकको मृत्यु

धनगढी । कैलाली कारागारमा सोमबार राति १० बजे अचेत अवस्थामा भेटिएका युवकको मृत्यु भए पनि शव दुई दिनदेखि उठ्न सकेको छैन ।

मृतक व्यक्ति डडेल्धुराको भागेश्वर गाउँपालिका–५ Aका २८ वर्षीय हरीश पाली रहेको कैलाली कारागारले जनाएको छ ।

उनलाई उच्च ज्वरो आउनुका साथै रक्तचाप निकै कम रहेको थियो । राति नै सेती प्रादेशिक अस्पताल लगिए पनि उपचारका क्रममा मृत्यु भएको छ । पालीलाई जिल्ला अदालतले २०८० सालमा १० दिन कैद र दुई लाख रूपैयाँ जरिवाना सहित उनी बैंकिङ कसुरमा जेल चलान भएका थिए । फरार रहेका उनलाई कैलाली प्रहरीले असार १ गते पक्राउ गरेका थिए ।

उनको मुख, खुट्टा र शरीरका अन्य भागमा चोटपटक देखिएक कारण पालीका आफन्तले कारागारभित्र कुटपिट गरेर हत्या गरेको आरोप लगाउँदै शव बुुझ्न नमानेका कारण प्रादेशिक अस्पतालमै छ । उनको मृत्युबारे थप अनुसन्धान भइरहेको कारागार प्रशासनले जानकारी दिएको छ ।

लोकप्रिय