उपसभामुख दक्षिण अफ्रिका प्रस्थान

उपसभामुख दक्षिण अफ्रिका प्रस्थान

काठमाडौँ । उपसभामुखदक्षिण अफ्रिकाको प्रिटोरियामा आयोजना हुन लागेको लोकतन्त्र सम्बन्धी उच्चस्तरीय संवादमा भाग लिन चार दिने भ्रमणका लागि दक्षिण अफ्रिका प्रस्थान गर्नु भएको छ ।

उपसभामुख रानाले इन्टरनेशनल इन्स्टिच्युट फर डेमोक्रेसी एन्ड इलेक्टोरल असिस्टेन्स (आइडिइए), ओपन सोसाइटी फाउन्डेसन र दक्षिण अफ्रिकाको अन्तर्राष्ट्रिय सहयोग तथा सम्बन्ध विभागको आयोजनामा जुन १९ र २० मा हुने ‘अफ्रिकामा लोकतन्त्रको पुनः परिकल्पना, विश्वव्यापी दक्षिणका तुलनात्मक अनुभवहरू’ विषयक उच्चस्तरीय संवादमा भाग लिने कार्यक्रम रहेको छ ।

लोकप्रिय