बाफलस्थित गोदाममा आगलागी
काठमाडौं । मेडल तथा स्टिकर गोदाममा आगलागी भएको छ । बाफलस्थित राजेन्द्र उदासले सञ्चालन गरेका थिए । करिब बिहान ३ बजेर २० मिनेटमा आगलागी भएको हो।
सशस्त्र प्रहरी, सुरक्षाकर्मी तथा नेपाल प्रहरीको टोलीले दमकलको सहयोगमा करिब ७ घण्टापछि नियन्त्रणमा लिएका हुन् ।
बालाजु दमकल र जुद्द बारुण यन्त्रसहित सुरक्षाकर्मीको टोली खटिएको थियो ।


प्रतिकृया दिनुहोस्