पहिरोको कारण सडक अवरुद्द
काठमाडौं । वर्खाको समयमा पानी सँगसँगै उच्च मात्रामा बाढी, पहिरोको जोखिम बढ्दै जाने गर्दछ । यसबेला मानिसहरुले सर्तकर्ताका साथ आफ्नो यात्रा अगाडि बढाउनुु उचित ठानिन्छ ।
यस्तै पहिरो तथा बाटो भासिने क्रममा गएराति परेको पानीले गोरखाको सहिद लखन गाउँपालिका÷७ स्थित ढुंगागाढे भञ्ज्याङ नजिकै सडक भासिँदा ढुंगागाढे÷खाब्दी भञ्ज्याङ दुईतर्फ नै आवत जावत सडकमा यातायात सेवा अवरुद्ध भएको छ।
गएको सामान्य वर्षदेखिनै सामान्य रुपमा क्षति भएता पनि उक्त सडक समयमा मर्मत नहुँदा गए रातिको भीषण वर्षाले थप क्षति पुुगेको कारण हालभने चारपांग्रे सानाठूला कुनै पनि सवारीसाधन सञ्चालन हुनसक्ने अवस्था छैन ।
यसैगरी, त्रिवेणी गाउँपालिकास्थित खोरन्डी खोलामा आएको बाढीको काराण नारायणगढ–बुटवल सडक डाइभर्सन बगाएपछि अवरुद्द भएको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस सर्दिबाट सुरक्षा फौज परिचालन गरिएको छ ।


प्रतिकृया दिनुहोस्