शहिदप्रति गाली नगर्नुस्ः प्रधानमन्त्री
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदप्रतिको अपमान, प्रणाली र संविधानको अपमान नसहने बताउँदै, संविधान, लोकतन्त्र, प्रणाली, उपलब्धि, संघर्ष र बलिदानको अपमान नगर्न सबै नेपाली जनतालाई सचेत गराएका छन् ।
प्रधानमन्त्री ओलीले आफूमाथि कुनै गाली, अपमान गरेको सहन सक्ने तर राष्ट्रियताको प्रश्नमा प्रणालीको प्रश्नमा लोकतन्त्रको प्रश्नमा र म आफूलाई कसैले आलोचना गरोस्, विरोध गरोस्, गाली गरोस् सहन सक्छु तर शहीदप्रतिको अपमान, शहीदले दिएको बदिलानप्रतिको अपमान, विगतका संघर्ष र बलिदानको अपमान, प्रणाली, संविधानको अपमान सहन नहुने बतााए ।
अहिलेको प्रणालीको रक्षा गर्नु र संविधानको रक्षा गर्नु एवं प्रणालीको प्रभावकारी कार्यान्वयन र संविधानको प्रभावकारी कार्यान्वयन गर्दै अनुशासन र विकासको कामलाई अघि बढाउनु सरकारको कर्तव्य भएको बताए ।
संविधानको अपमान, लोकतन्त्रको अपमान, प्रणालीको अपमान, उपलब्धिको अपमान, संघर्ष र बलिदानको अपमानको त कुरै नगरौं । यस प्रणालीको रक्षा गर्नु, यस संविधानको रक्षा गर्नु, यो प्रणालीको प्रभावकारी कार्यान्वयन र संविधानको प्रभावकारी कार्यान्वयन गर्दै अनुशासन र विकासको कामलाई अगाडि बढाउनु र समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्यसम्म पुर्याउनु अहिलेको सरकारको कर्तव्य रहेको बताए ।
यसैगरी, प्रधानमन्त्री ओलीले विनियोजन विधेयक एवं खर्च कटौतीमाथि छलफलका क्रममा सांसदहरूले उठाएका विषयबारे जवाफ दिदै बजेटमा दोहोरोपना नभएको बताए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मानवअधिकार सम्बन्धी प्रतिवेदन प्रकाशन गर्ने विषय फरक÷ंंफरक भएको हुँदा चालु खर्च अन्तर्गतका खर्चहरूमा दोहोरोपना नरहेको बताए ।
राष्ट्रिय योजना आयोगको काम मन्त्रालयहरूबाटै भइरहेको भन्दै आयोगको औचित्यको सम्बन्धमा सांसदहरूले उठाएको प्रश्नलाई प्रधानमन्त्री ओलीले यो विषय प्रश्नै उठाउन नहुने बताए ।


प्रतिकृया दिनुहोस्