प्रधानमन्त्रीद्दारा पार्टीलाई लेबी रकम हस्तान्तरण
काठमाडौं । एमाले पार्टी केन्द्रीय कार्यालयमा रहेको वित्त तथा कोष व्यवस्थापन विभागमा पुगेर प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई लेबी बुझाउनुभएको छ ।
प्रत्येक वर्ष एमालेका नेता तथा कार्यकर्ताहरूले सदस्यता शुल्क र लेबी बुझाउनुपर्ने प्रावधान विधानमा रहेका कारण सांसदसहित लाभको पदमा नियुक्त भएकाहरूबाट पार्टीले लेबी उठाउने गरेको छ ।
पार्टीको सदस्यताको लागि एमालेले मासिक ३ सय रुपैयाँ पार्टी सदस्यता शुल्क बूुझाउनुपर्नेछ भने प्रधानमन्त्री भएवापत मासिक २५ हजारका दरले लेबी बुझाउनु पर्ने छ ।
जसमा एक वर्षको ३ लाख ३ हजार ६ सय रकम बुझाउनुभएको हो ।


प्रतिकृया दिनुहोस्