विषालु च्याउ सेवनबाट अस्पताल भर्ना
गुल्मी । मुसीकोट नगरपालिका—४ दिमागचौरमा विषालु च्याउ खादा एकै परवारका तीन जना विरामी भएका छन् । विरामी हुनेमा ६८ वर्षीया फूूलमाया कुमाल, ७६ वर्षीय थम्मनबहादुर कुमाल र ३६ वर्षीया गीता कुमाल रहेका छन् ।
जगंली च्याउ खाएपछि टाउको दुख्ने, रिगंटा लाग्ने र बान्ता हुने लक्षण देखिएपछि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभास उपचारका लागि पठाइएको थियो । हाल उनीहरुको अवस्था सामान्य रहेको छ ।


प्रतिकृया दिनुहोस्