एसईई नतिजा सार्वजनिक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले (एसईई) को नतिजा प्रकाशित गरेको छ । प्रकाशित नतिजाअनुसार २ लाख ७१ हजार २९९ जना मात्रै उत्तीर्ण भएका छन् ।
६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने, एसईई दिएका १२६ जना परीक्षार्थीको परीक्षा रद्द भएको वोर्डले जनाएको छ ।
नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ४८ हजार १७७, ३.२ देखि ३.६ जीपीएसम्म ८१ हजार ३५५, २.८ देखि ३.२ जीपीएसम्म ९९ हजार १२४ जना, २.४ देखि २.८ जीपीएसम्म ४८ हजार ४७९, २ देखि २.४ सम्म ल्याउने ४ हजार १२६ जना, १.६ देखि २ जीपीएसम्म ८ जना रहेका छन् ।


प्रतिकृया दिनुहोस्