विद्या भण्डारीको ‘कमब्याक’ले एमालेमा तरङ्ग

विद्या भण्डारीको ‘कमब्याक’ले एमालेमा तरङ्ग

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिमा कमब्याक भएकी छिन् । विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा जनताले व्यक्त गरेको धारणा अनुसार पार्टीको नेतृत्वमा आफ्नो आवश्यका खड्किएको महसुस गरेर आफूँ कमब्याक हुनुपरेको उनको भनाई छ । मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसर पारेर पूर्वराष्ट्रपति भण्डारीले एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी हुन् ।

‘फरक ढंगको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा एमालेमै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु’ यस्तो घोषणालाई समर्थकहरूले ताली बजाएर स्वागत गरेका छन् । तत्कालीन महासचिव एवं पति मदन भण्डारी सम्झिएर पटकपटक भावुक बनेकी विद्या भण्डारीको यो सम्बोधनलाई समर्थकहरूले ध्यानपूर्वक सुनेका थिए ।

आफू एमालेको राजनीतिमा फर्कने घोषणा गर्दा हलले गरेको साथ देखेर उत्साहित पूर्वराष्ट्रपति भण्डारीले मदनकै शब्द सापटी लिएर केही संकल्प पनि गरेकी छन् ।
मन्तव्यको अन्त्यतिर भण्डारीले यी हरफ प्रस्तुत गर्दा सभा गृह फेरि अर्कोपटक तालीले गुञ्जिएको थियो । यद्यपि एमाले पंक्ति र राष्ट्रिय राजनीतिमा संशय थियो । संशयको मुख्य कारण एमालेभित्रको शक्ति–समीकरण थियो । माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमहरू एमालेमा नरहेकाले केपी ओली निर्विकल्प देखिएका थिए । ओली आफैंले पनि अझै २०–२५ वर्ष एमालेको नेतृत्व नछोड्ने सार्वजनिक घोषणा गरेका थिए ।

२०७८ मंसिरमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनबाट ओलीलाई अध्यक्ष दोहो¥याउन पार्टी विधानको धारा–६४ (ख) को व्याख्या गरिएको थियो । त्यही वर्ष फागुनमा ओली ७० वर्ष पुरा हुने भएकाले विधानमा ‘७० वर्ष नकटेको’ भन्ने व्याख्या गरिएको थियो ।

ओलीलाई निरन्तरता दिन लगातार दुई कार्यकाल भन्दा बढी एउटै पदमा बस्न नपाइने विधानको व्यवस्था हटाइएको खुलेको छ । ११ असारको सचिवालय बैठकमा महासचिव शंकर पोखरेलले पार्टी विधानमै व्यवस्था गरेर पूर्वराष्ट्रपतिलाई एमालेमा आउन रोक्नुपर्ने प्रस्ताव नै लगेका थिए ।

लोकप्रिय