गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका मन्त्रीबीच भेटवार्ता

गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका मन्त्रीबीच भेटवार्ता

काठमाडौं । गृहमन्त्री रमेश लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिस नेतृत्वको प्रतिनिधिमण्डल सहभागी थियो । भेघाटको क्रममा द्विपक्षीय सम्बन्ध, विकास साझेदारी र सहयोग विस्तारका विविध पक्षमा छलफल भएको थियो ।

गृहमन्त्री लेखकले नेपाल र स्वीटजरल्याण्डबीचको सम्बन्धप्रति आभार व्यक्त गर्दै नेपालको विकास निर्माण, शान्ति प्रक्रिया र समावेशीकरणमा गरिएको सहयोगको प्रशंसा गरेका थिए ।

‘दुई देशबीच विकास र आर्थिक साझेदारी बढाउने विषयमा कुरा भएको छ, ‘जलवायु परिवर्तन र विपद् जोखिम व्यवस्थापनमा समेत सहकार्यका सम्भावनाबारे छलफल भएको छ।’

जलवायु र विपद् मात्र नभई अन्य द्विपक्षीय चासोका विषयहरूमा समेत विचारविमर्श भएको मन्त्रालयले जनाएको छ।

लोकप्रिय