राष्ट्रपतिद्धारा सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त

राष्ट्रपतिद्धारा सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलद्धारा सर्वोच्च अदालतको न्यायाधीश पदमा मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापा गरी तीन जनालाई नियुक्त गर्नु भएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा ृ२े बमोजिम न्याय परिषद्को सिफारिसमा तीन जनालाई नियुक्त गरेको जानकारी दिनुभयो ।

सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त हुने मेघराज पोखरेल वरिष्ठ अधिवक्ता हुनुहुन्थ्यो, भने श्रीकान्त पौडेल उच्च अदालत जनपुरका मुख्य न्यायाधीश र शान्तिसिंह थापा उच्च अदालत दिपायलका मुख्य न्यायाधीश हुनुहुन्थ्यो ।

लोकप्रिय