टिचिङ अस्पताललाई ईएचएस भवन हस्तान्तरण
काठमाडौं । भाटभाटेनी सुपर मार्केटले त्रिवि शिक्षण अस्पताल महाराजगंजमा निर्माण गरेको ईएचएस भवनको हस्तान्तरण गरेको छ ।
अस्पतालको ४३ औँ बार्षिक उत्सवको अवसर पारेर सामेबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितीमा भवन हस्तान्तरण भएको हो। भाट भाटेनीले ९ करोड ५० लाख लागतमा इएचएस भवन निर्माण गरेको थियो।
भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले आफ्ना स्व. मातापिता वृषबहादुर र धनमाया गुरुङको सम्झनामा नौ करोड ५० लाख रुपैयाँको लागतमा उक्त भवन बनाइदिएका हुन् । भाटभटेनीले शिक्षण अस्पतालमा बनाइदिएको यो दोस्रो भवन हो । ०६८ सालमा पनि भाटभटेनीले १० करोड रुपैयाँ लागतमा त्यहाँ आकस्मिक कक्षको भवन बनाइदिएको थियो ।


प्रतिकृया दिनुहोस्