नेपाली काँग्रेस सुर्यबिनायक नगर कार्यसमितिको लोगो सार्वजनिक

नेपाली काँग्रेस सुर्यबिनायक नगर कार्यसमितिको लोगो सार्वजनिक

 

भक्तपुर । नेपाली काँग्रेस सुर्यबिनायक नगर कार्यसमितिले यही श्रावण १७ गते हुने तेस्रो नगर समितिको लोगो सार्वजनिक गर्नुका साथै नगरभित्र बसोवास गर्नुहुने पार्टी प्रति प्रतिबद्व बुद्धिजीवि, विद्यार्थी, डाक्टर, ईन्जिनियर प्राध्यापक निबित्तभरण हुने बिशिष्ठ ब्यक्तित्व लगाए शुभ शुभचिन्तकहरूसंग आगामी तेस्रो नगरसम्मेलन लानुपर्ने एजेण्डाहरूका बारेमा ब्यापक छलफल गरी सुझावहरू संकलन गरेको छ ।
सम्मेलनले नगर क्षेत्रभित्र पार्टी बिस्तार एवं ब्यवस्थापनका सन्दर्भमा लिने रणनिति तथा कार्यनितिनिर्मारणमा अमुल्य राय सुझावहरू लिईएको नगर सभापति निशान ढुगेलले बताए । सुझाव संकलन कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सभापति एवं भक्तपुर क्षेत्र नम्वर २ का संघिय सासद दुर्लभ थापा जिल्ला सचिब राजेश खडका सह सचिब कृष्ण मुरारी न्यौपाने क्षेत्रिय सभापति भेष बहादुर कार्की प्रदेश सभापति प्रदिप कार्की लगाएत नगर समितिका पदाधिकारीहरू सहभागी थिए ।
अधिकांस सहभागीहरूले कांग्रेस भित्रको केन्द्र देखि वडावडा सम्मको गुटबन्दीको अन्त्य गर्नका लागि माथिल्लो तहमा दवाब दिनु पर्ने र जनतामा जनताका खास एजेन्डा दिएर जानु पर्ने र चुनावमा मात्र सक्रियता देखाउने रोगको अन्त्यमा लाग्नु पर्नेमा जोड दिए ।सुर्यबिनायक नगर कार्यसमिति ले जुन पार्टी बिस्तार एवं ब्यवस्थापनको सन्दर्भमा रणनीति एवं कार्यनितिका लागि गरिएको यो कार्यक्रम नमुना लाएक रहेको जिकिर आयोजकले गरे ।

लोकप्रिय