भक्तपुर जिल्ला अदालत इकाईको अध्यक्षमा रामसुन्दर खाईतु निर्वाचित
भक्तपुर । भक्तपुर जिल्ला अदालत इकाईको अध्यक्षमा रामसुन्दर खाईतु निर्वाचित भएका छन् । शनिबार सम्पन्न भएको सो निर्वाचनमा सुरोजकुमार तुछेलाई २७ मतले पछि पार्दै खाईतु निर्वाचित भएका हुन् । खाईतु १३४ मतका साथ निर्वाचित भएका छन् ने उनका निकटम प्रतिष्पर्धी तुँछेंले १०७ मत भने अर्का प्रतिस्पर्धी गम्भिरमान ज्याख्वले ३० मत प्राप्त गरेका थिए ।
खाइतु नेपाल डेमोक्रेटिक्स लर्यस एशोसियसन (डिएलए)का तर्फबाट उम्मेदवार बनेका थिए भने तुँछे डिएलएका बागी उम्मेदवार हुन । तुँछेंले बृहत लोकतान्त्रिक प्रगतीशील, गणतान्त्रिक राष्ट्रवादी, समाजवादी एवम् स्वतन्त्र पेशागत कानून व्यवसायी समूहको समर्थन पाएका थिए ।
निर्वाचनमा डिएलएका आधिकारिक उम्मेदवारहरु मध्ये कार्यसमिति सदस्य एक जना बाहेक सबै निर्वाचित भएका छन् ।
त्यसैगरी बारको उपाध्यक्षमा प्रियकुमार थापा १२९ मतका साथ निर्वाचित भएका छन् । उनका प्रतिष्पर्धी शम्भु प्रसाद दाहालले ११४ मत प्राप्त गरेका छन् । सचिवमा अनिश सुवाल निर्वाचित भएका छन्। उनले १५१ मत ल्याउँदा अर्का उम्मेदवार रामभक्त सुवालले १०४ मत प्राप्त गरेका छन् ।
कोषाध्यक्षमा शेषांश गिरी निर्वाचित भएका छन्। उनले ११६ मत प्राप्त गर्दै विजयी भएका छन् भने प्रतिष्पर्धी सुमन श्रेष्ठले १११ र महेन्द्र खायमलीले ३५ मत प्राप्त गर्न सफल भए ।
सहसचिवमा निर्मला सुवाल १६६ मतका साथ निर्वाचित हुँदा प्रतिष्पर्धी रिता कार्की खत्रीले ८९ मत प्राप्त गर्न सफल भए। महिला सदस्यमा कल्पना कोजु निर्वाचित भएकी छिन् । उनले १३८ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी रामेश्वरी श्रेष्ठले १०३ मत प्राप्त गर्न सफल भए ।
कार्यसमिति सदस्यहरुमा सुन्दर पुरी १०२, किरण गाइजु १२८, राजेश्वरी प्रजापति १२८, विष्णुराम न्हुछें १२४, संजिवप्रसाद दुलाल १११, सुमन कार्की ११३ र कान्छी विति प्रजापति १०६ मतका साथ निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत किरण न्यौपानले बताए।
निर्वाचित सदस्यहरु मध्ये प्रजापति तुँछे प्यानलका हुन् ।
यसैगरी पार्षदहरुमा पनि सबै डिएलएको आधिकारिक प्यानलका उम्मेदवार निर्वाचित भएका छन् । न्यौपानेका अनुसार बालकृष्ण प्रजापति, अभिकेश्वर पोखरेल, हिमविक्रम थापा, धर्मरत्न खाइतु, राम बाबु फुयाल, ईन्दिरा न्यौपाने, तारा पोखरेल, राधिका गोसाईं, सुमित्रा मल्ल, प्रकाश धौवञ्जार, विक्रम बखुन्छें, मन्दिरा केसी र प्रदिप कार्की निर्वाचित भएका छन् । बारमा २९२ जना सदस्य छन भने २७४ मत खसेको थियो ।


प्रतिकृया दिनुहोस्