कांग्रेसका सांसद विभाजित भएसँगै उपसभामुखलाई हटाउने विषय अन्योल
काठमाडौं । उपसभामुख इन्दिरा राना मगरलाई हटाउने विषयमा नेपाली कांग्रेसका सांसद विभाजित भएसँगै अन्योलता सिर्जना भएको छ ।
उपसभामुख रानालाई हटाउने प्रक्रिया अनुरुप आजै संसदमा अविश्वासको दर्ता गर्ने तयारी कांग्रेस–एमालेले गरेको भएपनि नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षका सांसदहरुले हस्ताक्षर नगरेपछि रोकिएको छ ।
नेपाली कांग्रेस संसदीय दलमा ८८ सांसदमध्ये कोइरालाको पक्षमा १६ जना सांसद रहेका छन् भने १ सांसदले भने पक्षमै हस्ताक्षर गरेका छन् ।
त्यसैगरी महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पनि हस्ताक्ष गरेका छैनन् ।


प्रतिकृया दिनुहोस्