देशभरका कांग्रेसीहरुलाई प्रशिक्षणको खाँचो छः उपसभापति गुरुङ
बाकेँ। नेपाली काङ्ग्रेसलाई बलियो बनाउन देशभर प्रशिक्षणको आवश्यक रहेको नेपाली काङ्ग्रेसका केन्द्रीय उपसभापति, पुर्व मन्त्री धनराज गुरुङले बताउनु भएको छ ।
नेपाली काङ्ग्रेस बाकेमा जिल्ला स्तरीय प्रशिक्षणको उद्घाटन गर्दै पुर्व मन्त्री गुरुङले प्रशिक्षणले एक आपसको सहकार्यलाई बलियो बनाएर लैजाने भन्दै देशभर प्रशिक्षणको आवश्यक रहेको बताउनु भएको हो ।
ूएक आपसमा सहकार्य नहुदा कहिलेकाही निर्वाचनमा तितो अनुभव बटुल्नु परेको छू उहाँले भन्नुभयो । प्रशिक्षणले एक आपसमा सहमति र सहकार्यलाई बलियो बनाएर लैजाने उहाँको तर्क थियो ।
नयाँ पुस्तालाई नेपाली काङ्ग्रेसको इतिहास बुझाउन पनि प्रशिक्षण आवश्यक रहेको उहाँले बताउनुभयो । काङ्ग्रेसको सिद्धान्त बुझाएर एक आपसमा हार्दिकता सिर्जना गर्न पनि प्रशिक्षण आवश्यक रहेको उहाँको भनाइ छ ।
बाकेको जानकी गाउँपालिका ३ मा रहेको होटल पौवामा आइतबारदेखि संचालन भएको प्रशिक्षण सोमबारसम्म चल्ने आयोजकले जनाएको छ ।


प्रतिकृया दिनुहोस्