एमालेको दोस्रो विधान अधिवेशन आजदेखि सुरु
काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशन उदघाटन गर्नेछन् ।
आजदेखि सुरु हुने विधान महाधिवेशन २२ गते (आइतबार)सम्म चल्नेछ ।
महाधिवेशनमा देशभरिका प्रतिनिधि र आयोजक गरी कुल दुई हजार ३ सयभन्दा धेरै सहभागी हुने नेकपा एमालेले जनाएको छ ।
विधान अधिवेशनको उदघाटन समारोह भने ११ बजेदेखि सुरु हुने छ ।


प्रतिकृया दिनुहोस्