नेपाल मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन काठमाडौंमा
काठमाडौ । नेपाल मगर संघलेयही जेठ ८ देखि १० सम्म हुने १३औं राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुने भएको छ ।
नेपाल मगरसंघ केन्द्रीय समितिको १३ राष्ट्रिय महाधिवेशनआयोजक समितिले पत्रकार सम्मेलन गरि उक्त कुरा जानकारी दिएको हो ।
काठमाडौंमा हुन गईरहेको उक्त महाधिवेशनमा भावी कार्यदिशा निर्धारण, नयाँ नेतृत्व चयन, संगठनात्मक पुनर्संरचना, सामाजिक, राजनीतिक तथा सांस्कृतिक विषयहरुमा नीतिगत छलफल तथा दीर्घकालीन रणनीतिक निर्माण गर्ने अपेक्षा संघले गरेको छ ।
नेपाल मगर संघले यही जेठ ८ देखि १० सम्म ‘‘ऐतिहासिक मगराँत सभ्याता र प्राचीन संस्कार–संस्कृतिको जगमा मगराँत दर्शन निर्माण गरौं, समृद्ध मगर समाज निर्माणको पक्षमा १३ औं राष्ट्रिय महाधिवशन भव्यताका साथ सफलता पारौं’’ भन्ने मूल नाराका साथ महाविशन हुने जनाएको छ ।
१३ औं राष्ट्रिय महाधिवेशनमा देशरभरबाट ६८ जिल्ला, ७ प्रदेश समिति, ९ भातृ संस्था तथा१३ वटा प्रवास शाखाबाट करीब ७०० प्रतिनिधीहरुको सहभागीता रहने जनाएको छ ।
महाधिवेशन उद्घाटन समारोह नेपाल मगर संघका सल्लाहकार तथा पूर्व अर्थमन्त्री माननीय वर्षामान पुन मगरको प्रमुख आतिथ्यमा हुने मगर संघले जनाएको छ ।
महाधिवेशनमा मगर समुदायको मौलिक भेषभुषा, संस्कृति तथा पहिचान झल्काउने झाँकी सहितको सांस्कृतिक ¥याली भृकुटी मण्डपबाट बिहान ११ बजे शुरुभई पुतलीसडक, कमलादी हुँदै नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा पुगेर औपचारिक सभामा परिणत हुने जनाएको छ।
बन्द सत्र ९ र १० गते दुईदिन नेपाल पोलिस क्लब भृकुटी मण्डपमा बिहान ७ बजेदेखि १० बजेसम्म हुनेराष्ट्रिय महाधिवेशन मूलआयोजक समितिका सदस्य सचिव तथा नेपाल मगर संघका महासचिव टेकबहादुर नाम्जाली मगरद्वारा पे्रसित विज्ञाप्तिमा जनाएको छ ।
नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुन मगरले पत्रकार सम्मेलनमा नयाँ नेतृत्व चयन सकेसम्म सर्वसम्मत गरिने बताउनु भएको छ । साथै अध्यक्ष मगरले लखन थापा सांस्कृतिकसंग्राहलयको स्थापना,समृद्ध मगर समाज निर्माणको पक्षमा दस्तावेजीकरण, त्रिभुवन विश्वविद्यालयमा नेपाल मगर अध्ययन, काठमाडौं विश्वविद्यालमा नेपाल मगर अध्ययनविषयक पठनपाठन समेत समावेश गर्न सफल भएको पनि जनाएको छ ।
मगर भाषामा बनेको बोटविरुवाको नाम र स्थानको अभिलेखन गर्ने तथा संविधान संशोधन गर्न नेपाल मगर प्रज्ञा परिषद्लाई जिम्मेवारी समेत दिएको पत्रकार सम्मेलनमा जनाएको छ ।


प्रतिकृया दिनुहोस्