ब्रुकलिन कलेजद्वारा अभिमुखीकरण कार्यक्रम–२०८३ सम्पन्न

ब्रुकलिन कलेजद्वारा अभिमुखीकरण कार्यक्रम–२०८३ सम्पन्न

ब्रुकलिन कलेजद्वारा अभिमुखीकरण कार्यक्रम–२०८३ सम्पन्न

काठमाडौं, असार २०८३- काठमाडौंको सुकेधारास्थित ब्रुकलिन कलेजले शैक्षिक सत्र २०८३ का नवप्रवेशी विद्यार्थीहरूलाई लक्षित गर्दै बिहीबार भव्य रूपमा अभिमुखीकरण कार्यक्रम–२०८३ सम्पन्न गरेको छ।

बिहान ८:०० बजेदेखि ११:०० बजेसम्म सञ्चालन भएको कार्यक्रममा ब्रुकलिन एजुकेसन फाउन्डेसनका अध्यक्ष डा. खिला नाथ सापकोटाको अध्यक्षता रहेको थियो भने कार्यक्रमको सञ्चालन कलेजका प्राध्यापक किरण खड्काले गर्नुभएको थियो।

 

कार्यक्रममा प्रमुख वक्ताका रूपमा प्रेरणादायी वक्ता, लेखक तथा अनुसन्धानकर्ता प्रकाश विकल्प सहभागी हुनुहुन्थ्यो। त्यसैगरी ब्रुकलिन कलेजका पूर्वविद्यार्थी तथा शिक्षण एवं निर्माण व्यवसायसँग आबद्ध इन्जिनियर सन्तबहादुर शाही, मेडिसिटी अस्पतालमा कार्यरत वरिष्ठ नर्स तथा पूर्वविद्यार्थी कविता बुढाथोकी, युवा उद्यमी तथा पूर्वविद्यार्थी सुदीप राज पुरी, साथै सुनकोशी कालिका क्याम्पस, ओखलढुङ्गाका क्याम्पस प्रमुख जितेन्द्र बहादुर शाही विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

 

यस अवसरमा कलेजका प्राचार्य हरि बहादुर माझी, शैक्षिक निर्देशक सुज्योति श्रेष्ठ, प्राध्यापकहरू, कर्मचारीहरू, अभिभावकहरू तथा नवप्रवेशी विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको प्रारम्भमा अतिथिहरूको आसन ग्रहण (ड्यास कल) गराइएको थियो। त्यसक्रममा अध्यक्ष, प्रमुख अतिथि, विशेष अतिथिहरू, प्राचार्य, शैक्षिक निर्देशक, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको औपचारिक स्वागत गर्दै खादा र माला अर्पण गरिएको थियो। स्वागत कार्यक्रमको व्यवस्थापन समिता, भाभुका, भूमिका र आयुषाले गरेका थिए।

 

त्यसपछि दीप प्रज्वलन तथा सरस्वती माताको तस्बिरमा माल्यार्पण गरी कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो।

अभिमुखीकरण कार्यक्रममा वक्ताहरूले विद्यार्थीहरूलाई कलेज जीवनलाई अवसरका रूपमा ग्रहण गर्दै अनुशासन, परिश्रम, सकारात्मक सोच र नैतिक मूल्यलाई आत्मसात् गर्न आग्रह गरेका थिए। उनीहरूले शैक्षिक उत्कृष्टतासँगै नेतृत्व क्षमता, अनुसन्धानमुखी सोच, सिर्जनशीलता तथा सामाजिक उत्तरदायित्वको भावना विकास गर्नुपर्नेमा जोड दिएका थिए।

विशेष अतिथिहरूले आफ्ना अध्ययन, पेशागत तथा उद्यमशीलताका अनुभवहरू सुनाउँदै विद्यार्थीहरूलाई लक्ष्यप्रति प्रतिबद्ध रहन, समयको सदुपयोग गर्न, चुनौतीसँग नडराई आत्मविश्वासका साथ अघि बढ्न तथा अवसरहरूलाई पहिचान गरेर सफल भविष्य निर्माण गर्न प्रेरित गरेका थिए।

 

कार्यक्रमको समापनमा नवप्रवेशी विद्यार्थीहरूले कलेजको शैक्षिक वातावरण, नीति, अनुशासन र उपलब्ध अवसरबारे स्पष्ट जानकारी प्राप्त भएको प्रतिक्रिया दिएका थिए। आयोजकका अनुसार अभिमुखीकरण कार्यक्रमले विद्यार्थीहरूलाई कलेजसँग आत्मीय सम्बन्ध स्थापित गर्दै सफल शैक्षिक यात्राको आधार तयार गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

 

 

लोकप्रिय