उपराष्ट्रपति राम सहायप्रसाद यादवको प्रमुख आतिथ्यमा ३२औं विश्व आदिवासी दिवस मनाउँदै

उपराष्ट्रपति राम सहायप्रसाद यादवको प्रमुख आतिथ्यमा ३२औं विश्व आदिवासी दिवस मनाउँदै

धनबहादुर मगर/कमल राना
काठमाडौं साउन २४ अगष्ट ९, आइतावारका  दिन, ३२ औं विश्व आदिवासी दिवस २०८३, नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा ‘‘प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणको हाम्रो साझा प्रतिवद्धता’’ भन्ने मूल नाराकासाथ देशभर विविध कार्यक्रम गरि विश्व आदिवासी दिवस मनाउने भएको छ ।
उक्त कुरा मुल समारोह आयोजक समितिले राजधानीमा साउन २१ गते पत्रकार सम्मेलन गरि प्रेस विज्ञाप्ति मार्फत सार्वजनिक गरेको हो ।
नेपाल आदिवासी जनजाति महासंघले संयुक्त राष्ट्र संघको घोषणा वमोजिम प्रत्येक वर्ष अगष्ट ९ का दिन, विश्व आदिवासी मनाउने सन्दर्भमा नेपालमा पनि देशभर विभिन्न कार्यक्रम गरि मनाउने जनाएको छ ।
मूल समारोह समितिका अनुसार साउन २४ गते बिहान १०ः३० बजे भृकुटी मण्डपमा जम्माभई टुँडीखेलको खुल्ला मैदानमा सभामा परिणत हुने विश्व आदिवासी दिवस २०८३ मूल समारोह समितिले जनाएको छ ।
जुलुस आदिवासीको पहिचान झल्काउने गरि प्रदर्शनीमा हजारौं सहभागीता रहने गरि आयोजना गरिएको उक्त कार्यक्रममा आदिवासीका जनजातिहरुका पहिचान खुलाउने झाँकीहरु सहित प्रदर्शन गरिने जनाएको छ ।
उक्त आदिवासी दिवस कार्यक्रममा नेपाल लगायत ६० भन्दा बढी देशका सञ्चारकर्मीहरु समेत सहभागी रहने मुल समारोह समितिले जनाएको छ ।
विश्व आदिवासी दिवस विश्वभरका आदिवासीहरु जनजातिहरुले आफ्नो समुदायको इतिहास, सभ्याता, भाषा, संस्कृति, परम्परागत ज्ञान, जीवनदर्शन तथा मानव सभ्याताको विकासमा उनीहरुले पु¥याएको ऐतिहासिक योगदानको सम्मान गर्ने महत्वपुर्ण दिवसको रुपमा लिइन्छ । संयुक्त राष्टसंघको महासभाले सन १९९४, अगष्ट ९ लाई अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसको रुपमा मनाउने निर्णय गरेपछि विश्वभरका विभिन्न मुलुकहरुमा बसोवास गर्ने आदिवासी समुदायले यस दिवसलाई आफ्नो अस्तित्व पहिचान, अधिकार र सम्मानको साझा अभियानको रुपमा निरन्तर मनाउँदै आएको छ ।

लोकप्रिय