दराज नेपालद्वारा सातौ सेलर सम्मिटको भव्य रुपमा सम्पन्न
काठमाडौ । नेपालकै अग्रणी अनलाइन मार्केटप्लेस दराज नेपालद्वारा ललितपुरको सानेपा स्थित हेरिटेज गार्डेनमा आफ्नो सातौँ वार्षिक सेलर सम्मिट भव्यताका साथ आयोजना सम्पन्न भएको छ। साउन ३० गते ‘ह्याप्पिसेलिंग’ भन्ने नारा सहित आयोजना गरिएको यस कार्यक्रममा देशभरिबाट ४७० जना विक्रेताहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
सुरुवाती चरणमा विक्रेताको सशक्तिकरणको उद्देश्यका साथ आयोजना गरिएको सेलर सम्मिटलाई यस बर्षअझ परिस्कृत गर्दै थपसुदृढताका साथ अघि बढाइएको छ । यसबर्षको कार्यक्रम अन्तर्गत दराजले विक्रेताको अनुभवलाई सहज, पहिचानलाई एकीकृत, संलग्नतालाई थपगहिरो, योगदानलाई अझ व्यापक मान्यता दिने र व्यापारलाई अझ सबल बनाउने उद्देश्यका साथ आवश्यक श्रोतहरु प्रदान गर्ने व्यवस्था गरिएको थियो ।
“दराजको सफलताको प्रमुख आधार नै हाम्रा विक्रेताहरूको समर्पण र लगनशीलता हो । हामी स्थानीय साना तथा मझौला उद्यम (एसएमई) व्यवसायलाई अझ सक्षम बनाउन, लाखौं उपभोक्तासम्मको पहुँच दिलाउन र उहाँहरूलाई आवश्यक डिजिटल उपकरण उपलब्ध गराउन सदैव प्रतिबद्ध रहेको जनाएको छ ।
कार्यक्रमको संध्याकालीन सत्रको मुख्य आकर्षणका रुपमा २२ जना उत्कृष्ट विक्रेता तथा एफिलिएटहरूलाई सम्मानित गर्नु पनि रहेको थियो । कम्पनीका अनुसार उहाँहरूको लगनशीलता, नवीनता र ग्राहकलाई सदैव पहिलो प्राथमिकता दिने दृष्टिकोणले गर्दा नै उहाँहरु दराजमा सफलतापूर्वक व्यापार गर्न सकिन्छ भन्ने कुराको जीवन्त तथा उत्कृष्ट उदाहरणका रुपमा स्थापित गर्न सफल बन्नु भएका छन् ।


प्रतिकृया दिनुहोस्