जेएनयूको टर्कीको इनोनु विश्वविद्यालयसँगको सम्झौता निलम्बन
काठमाडौं । भारतको दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयले टर्कीको इनोनु विश्वविद्यालयसँगको सम्झौता निलम्बन गरेको छ ।
विश्वविद्यालयले राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको जानकारी दिएको हो। राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै, जेएनयू र टर्कीको इनोनु विश्वविद्यालय बीचको समझदारी पत्र अर्को सूचना नभएसम्मका लागि निलम्बन गरिएको उल्लेख गरेको छ।
भारतले मे ७ मा पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई आक्रमण गरेको थियो । भारतले यो सैन्य कारबाहीलाई २२ अप्रिलमा पहलगाममा भएको आक्रमणको बदलाको रूपमा वर्णन गरेको थियो र भारतले यो बदलाको नाम ‘अपरेशन सिन्दूर’ राखेको थियो । भारत–पाकिस्तान द्वन्द्वको समयमा, टर्कीले खुलेआम पाकिस्तानलाई समर्थन गरेको थियो ।
साथै पाकिस्तानले भारतमा आक्रमण गरेका ड्रोनसमेत टर्कीमा बनेको खुलासापछि टर्की प्रति भारतको दृष्टिकोण बदलिएको छ ।


प्रतिकृया दिनुहोस्