बेलायतको इजरायलसँग व्यापार सम्झौता वार्ता स्थगित

बेलायतको इजरायलसँग व्यापार सम्झौता वार्ता स्थगित

काठमाडौं । बेलायतले इजरायलसँग नयाँ स्वतन्त्र व्यापार सम्झौताको वार्ता स्थगित गरेको बताएको छ ।

विदेशमन्त्री डेभिड लामीले इजरायलसँगको स्वतन्त्र व्यापार सम्झौताको वार्ता स्थगित गरेको जानकारी दिएका छन् । गाजामा बिग्रँदै गएको मानवीय अवस्था प्रति बेलायती सरकारको प्रतिक्रियाको वर्णन गर्दै उनले बेलायतको हाउस अफ कमन्समा यो बयान दिएका हुन् ।

गाजाको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै डेभिड लामीले गाजाका जनता भोकमरीको संघारमा रहेको र त्यहाँ मानवीय संकट बढ्दै गएको बताए । उनले थप भने, ‘ जताततै लडाइँ जारी रहेकाले हमासको नियन्त्रणमा रहेका इजरायलीहरूको जीवन पनि गम्भीर खतरामा छ ।’

यसैबीच, हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ८७ जनाको मृत्यु भएको र २९० जना घाइते भएको जनाएको छ । मन्त्रालयका अनुसार अक्टोबर ७, २०२३ देखि गाजामा कुल ५३,५७३ जनाको मृत्यु भइसकेको छ ।

लोकप्रिय