गाजामा अझै राहत वितरण नहुँदा १४ हजार बालबालिकाको ज्यान जाने राष्ट्रसंघको चेतावनी

गाजामा अझै राहत वितरण नहुँदा १४ हजार बालबालिकाको ज्यान जाने राष्ट्रसंघको चेतावनी

काठमाडौं । संयुक्त राष्ट्र संघले गाजामा अझै कुनै राहत वितरण नभएको बताएको छ। राहत वितरण नहुँदा भोकमरीको समस्या बढ्दै जानुको साथै चरम मानवीय संकट उत्पन्न भएपछि राहत बोकेका केही ट्रक प्रवेश गर्न भने थालेका छन्।

मंगलबार ९३ ट्रकले सीमा पार गरे पनि राहत वितरण भने हुन सकेको छैन। पिठो, बालबालिकाका लागि खानेकुरा र स्वास्थ्योपचारका सामग्री लिएर ती ट्रक पुगेका हुन्।
राष्ट्र संघले बताए अनुसार राहत सीमाबाट पार भए पनि सम्बन्धित स्थानमा प्रवेशका लागि इजरायलको सहयोग खोजिरहेको छ।

अहिले गाजामा अति आवश्यक वस्तुको समस्या समाधान गर्न कम्तीमा दैनिक ६ सय ट्रक राहत आवश्यक पर्ने बताइएको छ। राष्ट्र सङ्घका टम फ्लेटचरले तत्काल राहत वितरण नभए ४८ घण्टा भित्रमा १४ हजार बालबालिकाको ज्यान जान सक्ने चेतावनी दिएका छन्।

लोकप्रिय