वडाध्यक्ष खनालले अभियन्तामाथि गरे रड प्रहार
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१० का वडाध्यक्ष सुनिल खनालले स्थानीय अभियन्तामाथि रड प्रहार गरेका छन् ।
आँधीखोलाको दोहन भएको भन्दै विरोध कार्यक्रममा गएर फर्किंदै गर्दा वालिङ नगरपालिका–९ सुर्कौदी दरबार चोकमा मोटरसाइकल रोकेर वडाध्यक्ष खनाल र अर्का एक जनाले फलामको रड प्रहार गरेको स्थानीयबासी दिनकर नेपालले सामाजिक सञ्जालमार्फत बताएका छन् ।
उनले आफू र मेघ आलेलाई रड प्रहार गरेको उल्लेख गरेका छन् । रड प्रहारबाट हेल्मेटको सिसा फुटेको छ भने हातमा चोट लागेको भिडियो फुटेजमा देखिएको छ ।


प्रतिकृया दिनुहोस्