आईपीएलको महत्त्वपूर्ण सफलता नजिक फिल साल्ट

आईपीएलको महत्त्वपूर्ण सफलता नजिक फिल साल्ट

काठमाडौं । रोयल च्यालेन्जर बंगलोरु (आरसिबी) इन्डियन प्रिमियर लिग आईपीएलको फाइनलमा प्रवेश गर्दा फिल साल्टका लागि विशेष उपलब्धि मूलक बनेको छ । उनी लगातार दुई पटक आईपीएल च्याम्पियन हुने दुर्लभ सफलताबाट एक पाइला मात्र टाढा छन् ।

बिहीबार सम्पन्न पहिलो क्वालिफायरमा पञ्जाब किङ्सलाई आठ विकेटले हराउँदै आरसिबी फाइनलमा प्रवेश गरेको हो । सुरुमा ब्याटिङ गरेको पञ्जाबले दिएको १०२ रनको लक्ष्य आरसिबीले १० ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्यो । उसका लागि साल्टले शानदार अर्धशतक प्रहार गरे । २७ बलको सामना गरेका उनले ६ चौका र ३ छक्कासहित ५६ रन बनाए ।

साल्टले आईपीएलको प्ले अफमा सबै भन्दा थोरै बलमा अर्धशतक प्रहार गर्ने ब्याटरको रुपमा क्रिस गेलसँग बराबरी गरेका छन् । साल्टले अर्धशतक भने २५ बलमा नै पुरा गरेका हुन् । यस अघि गेलले पनि सन् २०१६ मा हैदरावादसँग भएको खेलमा २५ बलमा नै अर्धशतक पुरा गरेका थिए ।

लोकप्रिय