वेस्ट इण्डिजविरुद्धको सिरिजमा इङल्याण्डको क्लीन स्वीप
काठमाडौं । इङल्याण्डले वेस्ट इण्डिजविरुद्धको एकदिवसीय सिरिज क्लीन स्वीप गरेको छ ।
गएराती सम्पन्न सिरिजको तेस्रो खेल ७ विकेटले जितेर सिरिज ३–० ले जितेको हो । बर्षाले प्रभावित खेलमा वेस्ट इन्डिजले पहिला ब्याटिंग गर्दै ४० ओभरमा ९ विकेट गुमाएर २५१ रन बनाएको थियो ।
बर्षाले खेल प्रभावित बनेपछि इङल्याण्डलाई डिएल मेथड अनुसार ४० ओभरमा २४६ रनको लक्ष्य तय भएको थियो । सो लक्ष्य इङल्याण्डले २९.४ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो । यसअघि इङल्याण्डले सिरिजको पहिलो खेल २३८ रनले र दोस्रो खेल ३ विकेटले जितेको थियो । अब दुवैबीच ३ खेलको टी–२० सिरिज हुनेछ । सिरिजको पहिलो खेल जुन ६ मा हुने छ ।


प्रतिकृया दिनुहोस्