जीवन विज्ञान के हो ?

जीवन विज्ञान के हो ?

रिता न्यौपाने -मनुष्यभित्र एक किसिमको सहज र सरल खुशी हुन्छ। त्यस्तै गरी अरु गुणहरु जस्तै खुशी हुने, शान्त हुने, आनन्दित हुने आदि पनि हुन्छन् ।

ति गुणहरु नितान्त व्यक्तिगत हुन्छन् सहज र सरल बने मात्र ति प्रकट हुन्छन् । जति आफुभित्र जान सकिन्छ त्यति ति गुणहरु निरन्तर बढ्दै जान्छन् ।

यी मानविय सम्पदाहरुलाई उ भित्रवाट प्रकट गराएर सहज, सरल र प्राकृतिक बनाउदै आफुभित्र वीजरुपमा रहेको परमात्माको प्रत्यक्ष अनुभुति गराउने मार्गदर्शक हो जीवन विज्ञान। मानिस जन्मदा सहज र सरल हुन्छ ।

स्वाभाविक रुपमा उ खुशी हुन्छ । न कुनै भुत हुन्छ न कुनै भविष्य हुन्छ मात्र उ वर्तमानमा हुन्छ तर विस्तारै बढ्दै जादा घर परिवार समाज आदिले उसमा अनेकौ विचारहरु इच्छा चाहना भर्दै जान्छन् ।

उ पनि विस्तारै अन्तर्मुखी बाट वहिर्मुखी बन्दै जान्छ । अरुको देख्दै सिक्दै जान्छ, उसले आफुभित्रको स्वाभाविक खुशी, सुख, आनन्द आदि भुल्दै जान्छ र बाहिरबाट मात्र आउने ठान्न थाल्छ । तव उसमा दोष दृष्टि निर्माण हुन थाल्छ । फलानाले यस्तो गर्यो, उसले मलाई बिगार्यो आदि आदि तब आफूभित्रका ति स्वाभाविक सम्पदाहरु दबिन थाल्छन्।

मन चंचल बन्दै जान्छ, विचारहरु निरन्तर बढ्दै जान थाल्छन । यस्तो परिस्थिति निर्माण हुन जान्छ जसमा शरीरले काम गरिरहेको हुन्छ, मन भने कता हो कता। केहि कुरामा होस् रहदैन । विस्तारै आफ्नो बेहोशीले गर्दा मानिसले शरीर, मन, भाव प्रति ध्यान दिन छोड्छ । सजगता हराउदै जान्छ । अनि भीडमा कता हो कता मानिस हराउन थाल्छ ।

प्रत्येक २४ घण्टामा चल्ने ६० हजार विचारहरुको अन्तर्द्वन्द भित्र रुमलिए पछि म शरीर हुँ, मेरो पद प्रतिष्ठा म हुँ, विचार म हुँ आदि आदि भन्न थाल्छ । त्यसबेला मानिस आफुबाट धेरै टाढा पुगिसकेको हुन्छ, उभित्र निरन्तर अन्तर्द्वन्द चल्न थाल्छ, तव के गर्ने के नगर्ने, कसो गर्ने, कसरी गर्ने आदि आदि प्रश्न निरन्तर जन्मिन थाल्छन्। उ प्रश्न नै प्रश्नले घेरिन थाल्छ।

तव उ आफु सबैतिरबाट कमजोर बन्न थाल्छ । अनि वाहिरी सम्पदा भएमात्र आफु जीवित रहने ठान्छ । मानिस मनवाट चल्छ । मनले पाँच ज्ञानेन्द्रीयहरुले पठाएको सूचनाहरुको आधारमा आफ्नो कार्य संचालन गर्छ । भित्र त्यो वोध केन्द्र छ र बाहिर संसार छ । भित्र जानको निमित्त सहि मार्गदर्शक चाहिन्छ, जसले आफ्नो अंतर्जगत संग साक्षात्कार गरिसकेको होस्।

जीवन विज्ञान त्यहि तपोभूमि हो जसमा आफुलाई सहज र सरल बनाउदै हास्दै, नाच्दै, गाउदै त्यो बोधको केन्द्रमा पुग्न सकिन्छ । मनोविज्ञान, व्यवस्थापन, अध्यात्म, भौतिक विज्ञान आदिलाई सहज र सरल बनाउदै जन जनको हृदयमा स्वयं प्रकाशित सद्गुरुदेव द्वयले सहज र सरल वाक्यमा प्रशिक्षित गराउदै लैजानु हुन्छ ।

पूर्ण रुपमा संगीतलाई संयोजन गरेर निर्माण गरिएका ध्यान विधिहरु बैज्ञानिक प्रयोग पश्चात प्रशिक्षकहरुलाई गुरुवरद्वयले दिनुहुन्छ जसले शरीर, मन, भाव, र चेतनालाई परिस्कृत गराउदै गहिरो शान्ति र आनन्दमा लैजान्छन् । ति प्रेम र करुणाले भरिएका अमृतरुपी दिव्य अनि जीवन्त वाणीहरु प्रत्येक व्यक्तिहरुको हृदयमा गएर सिधै ठोक्किनछन् । जति कठोर व्यक्तिहरु पनि ति वाणीहरु सुन्न लालायित बन्छन् ।

ध्यानविधिहरु मानिसको मनोवृत्तिलाई हेरेर निर्माण गरिएका छन् । साधकहरु प्रत्येक बार, प्रत्येक विधिका साथमा अत्यन्तै आनन्दको अनुभूति गर्न समर्थ हुन्छन् । मानिसलाई गुरुवरद्वारा निर्माण गरिएका ध्यानविधिहरले तत्काल लाभ पुग्छ । त्यसैले जीवन विज्ञानलाई जन जनमा पुर्याउनु छ।

अन्त्यमा हामीले विर्सिएका हाम्रा आन्तरिक सम्पदाहरु स्वासको माध्यमद्वारा प्राप्त गर्नको निमित्त जीवन विज्ञानलाई हामी सबैले आत्मसाथ गरौ अरुलाई पनि जीवन विज्ञानसंग जोडिन प्रेरित गरौ । जय जीवन विज्ञान

लोकप्रिय